धादिङ र सिराहा जिल्लामा सवारी दुर्घटना

Sirahaकाठमाडौं, ३१ असार । धादिङ, चितवन र सिराहा जिल्लामा भएका अलग अलग सवारी दुर्घटनामा छ जना यात्रुको मृत्यू भएको छ । दुर्घटनामा ४७ यात्रु घाईते भएका छन् । घाईते मध्ये केही यात्रुको अवस्था गम्भीर छ ।
धादिङ जिल्लामा आज (सोमबार) विहान बस दुर्घटना हुँदा तीनजना यात्रुको मृत्यू भएको छ । दुर्घटनामा १५ यात्रु घाईते भएका छन् ।
अर्घाखाँचीबाट काठमाडौ आउँदै गरेको लु १ ख ७३३३ नम्वरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे–४, जुँगेखोला नजिक दुर्घटना तीनजना यात्रुको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
उता, सिरहा जिल्लामा ट्याक्टर दुर्घटना हुँदा तीन यात्रुको मृत्यू भएको छ भने एघारजना घाईते भएका छन् । कचनारीबाट महोत्तरीको पडोलस्थान गइरहेको ट्क्याक्टर पूर्व पश्चिम महेन्द्र राजमार्गको कर्जन्हा–८ मा आज (सोमवार) विहान अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेहरुमा सिरहाको इटाटार–३ का ३५ वर्षीय मुकेश यादव, रामशतीदेवी यादव र जिझौल–३ का गुलावदेवी यादव रहेको इलाका प्रहरी कर्यालय मिर्चैयाले जानकारी दिएको छ ।
घाइतेहरुको कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा ३५ यात्रु सवार थिए ।
खसी र बोका लिएर पूजा गर्न गईरहेका ट्याक्टर अत्यधिक गतिका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यता, चितवनको माडी बघौडा–३ स्थित बसन्तपुरमा आइतबार राति बस दुर्घटना हुँदा २१ यात्रु घाईते भएका छन् । घाईते मध्ये ११ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया