आफ्नै १४ दिनको नवजात शिशुको हत्या

hatyaकाठमाडौं, २९ असार । काठमाडौंमा प्रहरीले नवजात शिशुलाई मारेको अभियोगमा एकजोडी पति–पत्नीलाई पक्राउ गरेको छ ।
साङला–९ मा डेरा गरी बस्ने मकवानपुर जिल्ला बज्रबराही–२ घर भएका २६ बर्षीय राजकुमार श्रेष्ठ र उनकी २० बर्षीया पत्नी शलिना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले असार–२७ गते राति आफ्नै १४ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको प्रहरी भनाई छ ।
आफ्नै नवजात शिशुको हत्याको सूचना पाएलगत्तै महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको टोलीले शुक्रबार श्रेष्ठका पति र पत्नीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया