‘चुनाव नभए सरकारको औचित्य समाप्त’

Agni-Sapkotaकाठमाडौं, २९ असार । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले मंसिरमा चुनाव नभए वर्तमान सरकारको औचित्य स्वत: समाप्त हुने दाबी गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले राजनीतिक संकट निकासका लागि मंसिर–४ मै चुनाब हुनुपर्ने बताए । ‘मंसिर–४ गते चुनाव हुन नसके यो सरकारको औचित्य समाप्त हुन्छ,’ उनले भने ।
जारी राजनीतिक संकट टार्नका लागि पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने सापकोटाको भनाई थियो । ‘निर्वाचन नचाहने तत्वहरुले मिति सार्ने कुरा गरिरहेका छन्,’ उनले भने ।
उनले नयाँ बजेटलाई निर्वाचन मुखी बनाउन सरकारलाई सुझाब पनि दिए ।
उनले पार्टी भित्र एकता निमार्णका लागि अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको ४ प्रस्ताबमाथि गम्भीर छलफल भईरहेको बताए । ‘यदि बिस्तारित बैठकमा संगठन सम्वन्धि प्रस्तावको टुङ्गो नलागे बिशेष महाधिबेशन बोलाउँछौं,’ प्रवक्ता सापकोटाको भनाई छ ।

प्रतिक्रिया