दुर्घटनामा एकजनाको मृत्यू, २४ यात्रु घाईते

Banke Districtबांके, २७ असार । बांके जिल्लामा यात्रु बाहक बस र ट्रिप्पर दुर्घटना हुंदा एकजनाको मृत्यू भएको छ ।
दुर्घटनामा २४ यात्रु घाईते भएका छन् । घाईते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।
आज (बिहीबार) विहान काठमाडौंबाट सुर्खेततर्फ जांदै गरेको ना.४ ख ३८२२ नम्वरको बस र विपरित दिशाबाट आईरहेको ना.१ ख ३४४८ नम्वरको ट्रिप्पर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना महादेवपुरी–७, मुगुवा खोलास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा भएको हो ।
दुर्घटनामा ट्रिप्पर चालक नुवाकोट जिल्ला नर्जा–६ घर भएका २१ बर्षीय सुभाष तामाङको मृत्यू भएको छ ।
बसका २४ जना यात्रु घाइते भएका छन् । घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहको छ ।
घाइते मध्ये कालिकोट मेहलमुडी–३ का ५७ बर्षीया साईली बम, ४० बर्षीय सुकबहादुर बम र सुर्खेत पिपरा–१ बस्ने १९ बर्षीय मदन केसीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया