भलिबल टिममा नयाँ कप्तान भट्ट

Vallyball-Team-Nepaliकाठमाडौं । प्रथम दक्षिण एशियाली आमन्त्रण कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ ।
संघले लामो समयपछि आउने शुक्रबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको छ । खेलमा नेपाललगायत श्रीलंका, अफगानिस्तान र माल्दिभ्सका राष्ट्रिय टोली सहभागी हुने छन् ।
नेपाली टोलीको कप्तानी कैलाशदत्त भट्टले गर्ने छन् । भेट्रान खेलाडी भरत शाहले सन्यास लिने घोषणा गरेपछि यसपटक १६ वर्षपछि नेपाली टोली नयाँ कप्तानको नेतृत्वमा छ ।
नेपाली भलिबलका मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठले खेलबाट आशा राखेको बताए । भलिबल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने छ ।

प्रतिक्रिया