दुई बुँदा कार्यान्वयन नगराउँ : सर्वोच्च

Sarbochhaकाठमाडौं, २४ असार । सर्वोच्च अदालतले नेपाल–भारतवीच सम्पन्न गृहसचिवस्तरीय सम्झौताका दुईवटा बुँदाहरु कार्यान्वयन नगर्न आदेश दिएको छ ।
न्यायाधीश तर्कराज भट्टको एकल ईजलासले आज (सोमबार) तत्काल भारतसँग सम्झौता नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो । आदेशमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आधुनीकरण गर्ने जिम्मा भारतलाई नदिन र लुम्बिनी एवं पशुपतिनगरमा भारतीय चेक पोइन्ट नखोल्न भनिएको छ ।
इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नेपाल र भारतीय गृहसचिवबीच गत जेठ–१८ गते भएको २८ बुँदे सम्झौताको २१ र २५ नम्बर बुँदा कार्यानवयन नगर्न आदेश दिएको छ ।

प्रतिक्रिया