कम्युनिष्ट पार्टीका संस्थापक अस्पताल भर्ना

Narbadhur-Karmacharya-Maoकाठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य विरामी परे पछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
जण्डिस लगायतका समस्या देखिए पछि कर्माचार्यलाई अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् । ९० वर्षीय संस्थापक नेता कर्माचार्यलाई आइतबार काठमाडौंको बागबजारस्थित मोडल अस्पताल भर्ना गरिएको हो ।
डा.विजेन्द्रध्वज जोशी, डा.सरोज धिताललगायतको समूहले कर्माचार्यको उपचार गरिरहेको छ । कर्माचार्यको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको पारिवारजनले बताए ।
कम्युनिष्ट पार्टीका एकमात्र जीवीत संस्थापक नेता कर्माचार्य एकीकृत माओवादीमा आवद्ध छन् ।

प्रतिक्रिया