असी वर्षका बृद्धालाई यौनको प्यास……अनि…

Balatkar 5दाङ, २३ असार । दाङ जिल्लाको तुलसीपुरमा किशोरीलाई सामूहिक बलत्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पवननगर–९ घर भएकी १६ बर्षीया किशोरीलाई चारजनाको समूहले आज (आइतबार) विहान सवा दुई बजे बलत्कार गरेका हुन् । बलत्कारमा संलग्न सबै युवा सवारी साधनमा काम गर्ने कामदार हुन् ।
पक्राउ पर्नेमा सल्यान थारमारे–६ का २० बर्षीय युवराज डाँगी, २१ बर्षीय चन्द्रबहादुर डाँगी, फलाभाङ–५ का २० बर्षीय अर्जुन योगी र प्युठान खलंगा–१ का १८ बर्षीय बिनोद केसी रहेको प्रहरीले जनाएको छ ।
बलात्कृत किशोरीको अस्पतालमा स्वास्थ्य परीक्षण समेत भएको छ ।
उता, झापामा पनि असी बर्षीय बृद्धाले बालिकाको बलत्कार गरेका छन् । १२ बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले अनारनमी–५ का ८० बर्षीय बृद्धा देबलाल साहलाई पक्राउ गरेको छ ।
साहले आज (आइतबार) पौने एघार बजे सोही स्थान बस्ने बालिकालाई ललाई फकाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया