प्रजातान्त्रिक शक्तिको बहुमत आवश्यक

Sher bahadur Deuba 1काठमाडौं, २२ असार । कांग्रेसका नेता शेरबहादुर देउवाले संविधानसभा चुनावमा प्रजातान्त्रिक शक्तिले बहुमत ल्याउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा नेता देउवाले नयाँ संविधान बनाउन कांग्रेसको बहुमत अनिर्वाय हुने बताए । ‘कांग्रेसले बहुमत ल्यायो भने मात्रै संविधान बन्छ,’ उनले भने, ‘अबको संविधानसभा निर्वाचनमा कांग्रेसको बहुमत आउँछ ।’
उनले अघिल्लो पटक संविधानसभा चुनावमा कांग्रेसले हारेकै कारण नयाँ संविधान बन्न नसकेको दाबी गरे । ‘कांग्रेसले मात्र सबैलाई समेटेर लोकतान्त्रिक संविधान बनाउन सक्छ,’ नेता देउवाले दोहर्‍याए ।
उता, धादिङमा एमालेका नेता केपी ओलीले शान्तिका लागि लोकतन्त्र, लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले शान्ति र लोकतन्त्र बाहेकका कुरा छाडेर पनि देशलाई अगाडि बढाउन एमाले तयार रहेको बताए ।
मुलुकलाई निकास दिन एमालेले जस्तोसुकै योगदान गर्न तयार रहेको उनको भनाई थियो ।

प्रतिक्रिया