बस र्दुघटनामा ३४ जना घाईते/ ८ जना गम्भीर

नवलपरासी । नवलपरासीको डण्डा बजार नजिकै आज भएको बस र्दुघटनामा ३४ जना यात्रु घाईते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले जनाएको छ ।

भैरहवाबाट काठमाडौतर्फ आउदै गरेको लु १ ख ५६३० नम्वरको यात्रुबाहक बस पुल संगैको छेकबारमा ठोकिएर खोलामा खसेको प्रहरीको भनाई छ । काठमाडौबाट नेपालगञ् का लागि जादै गरेको ना ४ ख ३३८ नम्वरको बससंगको ठक्करले खोलामा खसेको हो । घाईतेहरुलाई कावासोतीको कालिगण्डकी अस्पताल र केहीलाई भरतपुर तर्फ लगिएको छ । घाइते हुनेहरुमा गुल्मीका सुरज ज्ञावाली, नवलपरासीका इन्द्र बहादुर राना, वुटवलका नारायण कुवंर, कुरिन्टार चितवनका वासु सिल्वाल, रुपन्देहीका हेम वहादुर खडका, अर्घाखाचीका सरस्वती सेमही मगर, कञ्चनपुरका सागर वोगटी ,कपिल्वस्तुकी रेखा भण्डारी, रुपन्देहीका कुञ्जराज श्रेष्ठ, कपिलवस्तु मिनवहादुर राना, बदर्घाट नवलपरासीका निलकण्ठ घिमिरे, नवलपरासीका पावर्ती गिरी र मनोज गिरी, वुटवलका नम्रता गुरुङ, नवलपरासीका मनोहर रसाइली र भिखारी शाह , वुटवलका कृष्ण सुनवार र वुटवलककै सन्देश सापकोटा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया