आपराधिक पृष्ठभूमिका ‘चरी’लाई गोली प्रहार

Dinesh-Adhikari-'Chari'काठमाडौं, २२ असार । प्रहरीको सूचीमा आपराधिक पृष्ठभूमिबाट सूचिकृत ‘चरी’ उपनामले चिनिने दिनेश अधिकारीलाई अज्ञात समूहले गोली प्रहार गरी घाईते बनाएको छ ।
शुक्रबार राति अधिकारीलाई काठमाडौंको बाफलमा १०/१५ जनाको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था सामान्य छ । उनको दाहिने पाखुरामा गोली लागेको छ ।
अधिकारीलाई उनकै साथीको समूहले गोली प्रहार गरेको प्रारम्भीक अनुमान प्रहरीले गरेको छ । यस बारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । अधिकारीलाई चार/पाँच राउण्ड गोली प्रहार भएको थियो ।
गृह जिल्ला धादिङबाट काठमाडौं फर्कदै गर्दा उनी माथि आक्रमण भएको थियो । अधिकारी एमालेको धादिङ जिल्ला कमिटीमा पनि छन् । उनी एमालेका नेता केपी ओलीका निकटका मानिन्छन् ।
विभिन्न आपराधिक गतिविधीमा प्रहरीले अधिकारीलाई पटक/पटक पक्राउ गरेर छाड्दै आएको छ । राजनीतिक दवावका कारण अधिकारलाई खासै कारबाही गर्न नसकिएको प्रहरीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया