एजेण्डा सहित वार्तामा आउनुहोस्: पौडेल

Ramchandra-Poudelकाठमाडौं २० असार । कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले एजेण्डासहित वार्तामा आउन नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा कार्यवाहक सभापति पौडेलले वार्तामा नआईकनै निर्वाचन बिथोल्छु भन्नु गैरराजनीतिक चरित्र भएको भन्दै वार्तामा आउन आग्रह गरेका हुन् । उनले नेकपा-माओवादीले उठाएका सबै मागमा छलफल गर्न तयार रहेपनि सरकार परिवर्तन र मंसिर-४ गतेको निर्वाचनमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘एजेण्डासहित बैद्यजीहरु वार्तामा आउनुस्, छलफल गरौं तर तपाईहरुले भनेजस्तै सरकार परिवर्तन र तोकिएको निर्वाचन मितिमा भने हामी पुनर्विचार गर्न सक्दैनौं ।’
अहिलेको सरकारले नै तोकिएको समयमा निर्वाचन गराउने पौडेलले स्पष्ट पारे । निर्वाचनका विकल्प नरहेको भन्दै उनले सबै असन्तुष्ट दलहरुलाई सहभागी गराएर समयमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिलेको राजनीतिक संकट निकासका लागि निर्वाचनमा जानुबाहेक अन्य कुनै बिकल्प नरहेको बताए ।

प्रतिक्रिया