समलिङ्गीद्वारा उम्मेद्वारी घोषणा(नामसहित)

Bhumika-Shresthaकाठमाडौं, १९ असार । दोस्रो संविधानसभा निर्वाचनका लागि समलिङ्गी तेस्रो लिङ्गीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
समलिङ्गी र तेस्रो लिङ्गीहरुको मातृसंस्था नीलहीरा समाज (ब्लु डायमण्ड सोसाईटी) ले आज (बुधबार) राजधानीमा विशेष कार्यक्रम गरेर संविधानसभाका लागि उम्मेद्वारी दिनेहरुको नाम घोषणा गरेको हो ।
तेस्रो लिङ्गी पुरुष भक्ति शाहले २८ जना तेस्रो लिङ्गी महिला, २० जना तेस्रो लिङ्गी पुरुष, एकजना अन्तरलिङ्गी र १२ समलिङ्गी पुरुषसमेत गरी भावी उम्मेद्वार ६१ जनाको नामावली सार्वजनिक गरेका हुन् । उनीहरुले कुन पार्टीबाट उम्मेद्वारी दिने हुन् खुलाएका छैनन् ।
तेस्रो लिङ्गी महिला भूमिका श्रेष्ठले आफू कांग्रेसबाट संविधानसभामा उम्मेद्वार बन्ने घोषणा गरिन् । भूमिका कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि पनि हुन् ।
नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले चुनावका सन्दर्भमा राजनीतिक दल, निर्वाचन आयोग तथा सरकारसँग आफ्ना सातबुँदे मागपत्र राखेको बताईन् ।

को को छन् त उम्मेद्वार ?

यसैबीच, तेस्रो लिङ्गी महिलाका तर्फबाट काठमाडौंमा भूमिका श्रेष्ठ, निरुता पाण्डे, ज्योति थापा, अञ्जली थापा चितवन, कमला थपलिया चितवन, एलिसा गुरुङ चितवन, राजु थकाली पोखरा, विन्ध्या गौतम पोखरा, सपना थारु बर्दिया, परिना चौधरी नेपालगञ्ज, मुस्कान श्रेष्ठ विराटनगर, कृषिना थापा सुनसरी, दुर्गा करर्णकार सिराहा, रिविना नेपाल इलाम, सिमरन शेरचन पोखरा, रोजिन गुरुङ रुपन्देही, आनिक राना रुपन्देही, सन्तु पुन रुपन्देही, अनुपा साह बारा, पुष्पा लामा बारा, नारायणी गोसाई बारा, कम्रुद विनिया बारा, मनिका शाही कैलाली, मनिला शर्मा महेन्द्रनगर, सुदीप सिंह कैलाली, चिन्तामणि नेपाल कैलाली, रामचन्द्र चौधरी कैलाली, निराजन चौधरी कैलाली, प्रदीप यादव धनुषा, सञ्जय शर्मा सुनसरी, देबनारायण चौधरी राजविराज, मदानप्रसाद कुर्मी बारा, रोशन चौधरी मोरङ, इन्द्रनारायण लेखी राजविराज, हरिमान श्रेष्ठ धनकुटा, राजु बराल चितवन, विष्णु निउरे चिवतन, गणेश परियार चितवन, देव श्रेष्ठ चितवन, विश्वराज अधिकारी हेटौंडा रहेका छन् ।
त्यसै गरी, तेस्रो लिङ्गी पुरुष सनक सापकोटा भक्तपुर, अमित अधिकारी चितवन, मिलन बास्तोला चिवतन, राज थापा पोखरा, विष्णु अधिकारी पोखरा, राज चौधरी मोरङ, सुमन तामाङ झापा, विवेक सिंह बझाङ, मनीष यादव सप्तरी, रुपेश थापा बाग्लुङ, सुदीप गौतम मकवानपुर, भक्ति शाह कैलाली, कल्पु गुरुङ पर्सा, मीना नेपाली काभ्रे, शिला गुरुङ वर्दिया, समलिङ्गी महिला रीता यादव पर्सा, विना गुप्ता पर्सा, विपना पनरु गोरखा, प्रेङ्का सिंह कैलाली, विष्णुमाया चेपाङ चिवतन र अन्तरलिङ्गी पार्वती रेग्मी बाजुराले उम्मेद्वारी दिने जनाएका हुन् । (तस्विरमा भूमिका श्रेष्ठ)

प्रतिक्रिया