उदयपुरमा त्रुटीपूर्ण नोट भेटियो

Ten-Rupeesउदयपुर, १८ असार । नेपाल राष्ट्र बैंकको लापरवाहीका कारण त्रुटीपूर्ण नोट उदयपुरको सदरमुकाम गाईघाटमा फेला परेको छ ।
गाईघाट बजारस्थित चिरन श्रेष्ठको कपडा पसलमा त्रुटीपूर्ण नोट फेला परेको हो । गभर्नर युवराज खतिवडाको हस्ताक्षर भएको दश रुपियाँको त्रुटीपूर्ण नोट भेटिएको हो । ज/८३/३५२७७१ नम्बरको नोटको पछाडिको भागमा छपाई सम्बन्धि त्रुटी भेटिएको छ ।
राष्ट्र बैंकका कर्मचारीहरुको लापरवाहीका कारण बजारमा सो नोट आएको जनाईएको छ ।

प्रतिक्रिया