च्याउ खाँदा दुईको मृत्यू/नौ विरामी

moshroomदाङ, १६ असार । राप्ती अञ्चलका विभिन्न जिल्लामा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा १० जना अशक्त भएका छन् ।
च्याउको तरकारी खाँदा रोल्पा जिल्लामा दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा राङसी–६ का चन्द्र विककी ९ बर्षीया छोरी सपना विक र राङसी–२ का तुलबहादुर विकका १२ बर्षीय छोरा केशव विकको बिषालु च्याउ खाएर असार–१४ गते राति मृत्यू भएको प्रहरीले जनाएको छ ।
च्याउको तरकारी खाएकै कारण स्थानीय १२ बर्षीय मेकुल विक असक्त भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
उता, रुकुम जिल्लामा पनि च्याउको तरकारी खाएर छ जना विरामी परेका छन् । छिवांग–१ का ३० बर्षीय कृष्णमोती बराइली, ८ बर्षीय मनु बराइलीसहित ६ जना रहेको प्रहरी भनाई छ । उनीहरुको जिल्ला अस्पताल रुकुममा उपचार भईरहेको छ ।
यता, दाङको पनि बिषालु च्याउको तरकारी खाएर दुई जना विरामी परेका छन् । सिसहनिया–५ का राजकुमार तिवारीकी ५ बर्षीया छोरी सुनिता तिवारी र २ बर्षीय छोरा अमर तिवारी असक्त भएका छन् । उनीहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ । (फाईल तस्विर)

प्रतिक्रिया