निर्वाचन क्षेत्र निर्धारण आयोगको बैठक

काठमाडौं, १५ असार । निर्वाचन क्षेत्र निर्धारण आयोगको बैठकले अघिल्लो संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग निर्वाचन क्षेत्र निर्धारणका विषयमा राय लिन आगामी १७ र १८ असारमा परामर्श बैठक गर्ने भएको छ ।

आयोगका अध्यक्ष ताहिरअलि अन्सारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गर्दै नेपालको अन्तरिम संविधानअनुरूप आयोगको कार्यविधि स्वीकृत गर्ने र मन्त्रिपरिषद्बाट आयोगलाई प्रदान गरिएको ३० दिनमा कार्य सम्पन्न गर्नका लागि समय सीमासहितको कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
बैठकले आयोगमा खटिएका कर्मचारीको कार्यविवरणसहित कार्य विभाजन तोक्नुका साथै आयोगको काम कारबाहीसम्बन्धी विषयमा सार्वजनिक जानकारी गराउन आयोगमा कार्यरत सहसचिव टेकप्रसाद ढुंगानालाई आयोगको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया