‘बजेटमा कृषि, उर्जा र पर्यटनलाई प्राथमिकता’

Shankar-Koiralaकाठमाडौं, १४ असार । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालको आर्थिक विकासको आधार कृषि क्षेत्र भएपनि त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन् । शुक्रबार काठमाडौमा भएको कार्यक्रममा उनले कृषिमा आउने उतारचढावले मुलुकको आर्थिक विकासमै गम्भीर असर पर्ने बताए ।
देशमा आर्थिक कृषिमा आधारित उद्योगधन्दा नभएका कारण कच्चा पदार्थ बाहिरिने र उताबाट आयात भएको तयारी बस्तु महँगो दरमा किन्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले कृषिमा आर्थिक लगानीको खाँचो औल्याए ।
कृषिसंगै उर्जा र पर्यटन नेपालको विकासका आधार भएको मन्त्रीको भनाई थियो । उनले उर्जा, कृषि र पर्यटनलाई आगामी बजेटमा उत्तिक्कै प्राथमिकताकासाथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले उर्जा, कृषि र पर्यटनको लगानीले तत्काल फाइदा दिने भएकाले सरकारको ध्यान त्यसतर्पm सोझिएको बताए ।
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले सामाजिक, आर्थिक, कृषि र धार्मिक पर्यटनका क्षेत्रमा दुई देशले एक अर्काबाट अभूतपूर्व फाइदा लिनसक्ने उल्लेख गरे ।
चिनियाँ राजदूत उ चुन्ताईले नेपालको आर्थिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
लगानी बोर्डका अध्यक्ष राधेशराज पन्त, योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, उर्जा सचिव विश्वप्रकाश पण्डितले लगानी मैत्री वातावरण तयार गरी सरकारले सुधार गर्नुपर्ने क्षेत्रमा निजीक्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

प्रतिक्रिया