धरान भोजपुरका गीत

Ganesh-Neupaneकाठमाडौं : गणेश न्यौपानको पुर्वेली गीतहरूको संग्रह धरान भोजपुर बजारमा आएको छ । विशेषगरी धनकुटा भोजपुरमा गाइने गीत समेटिएको यो एल्बम यसै साताबाट बजारमा आएको हो ।
एल्बममा अहिले आइरहेका लोकगीतभन्दा फरक खालका पुर्वेली लोकगीत समेटिएका छन् । गायक ढुण्डीराज अधिकारीको लय तथा शब्द संकलन रहेको एल्बममा धनकुटा भोजपुर, भोजपुर खोटाङ, उकाली चढ्दा बोलका तीन गीत छन् । जसमा गणेश ढुण्डिराज, आभा मुकारुङ, जुना प्रसार्इं, समला राईको स्वर समेटिएको छ । पेसाले पर्यटन व्यवसायी गणेशले यसअघि झुम्के सल फिरिरी, शीतको थोपा, लैलैमा कान्छी, धनकुटा डाँडाबजार, यानि माया, सोल्टिनी कान्छी, निष्ठुरी मायालु गरी ७ गीति संग्रह बजारमा आइसकेका छन् । (सौस)

प्रतिक्रिया