३३ दलद्वारा थप संघर्षका कार्यक्रम सार्वजनिक

mao fकाठमाडौं, ११ असार । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले सरकार र चार राजनीतिक शक्ति विरुद्ध थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
यथाअवस्थामा निर्वाचन हुन नसक्ने जनाउँदै ३३ दलहरुले सरकार विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । ‘प्रतिगामी निर्वाचन बदर गरी आन्दोलनरत अग्रगामी तथा देशभक्त देशभक्तसहितको सर्वपक्षीय र सर्वदलीय बैठक बसी राष्ट्रिय राजनीतिक सहमति कायम गरियोस,’ विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रम अनुसार असार–१३ गते मुलुक भरि एकघण्टा चक्का जाम गरिने भएको छ । चक्काजाम चारदेखि पाँच बजेसम्म हुने छ । असार–२१ गते मोटरसाईकल र्‍याली निकानिले नेकपा–माओवादीका सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकार र चार राजनीतिक शक्तिले आफूहरुलाई वेवास्ता गरेर निर्वाचनको मिति घोषणा गरेको भन्दै नेकपा–माओवादीसहितका ३३ दल सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया