माछाका भुरा उत्पादन केन्द्रमा घुइँचो

Bhuraसिरहा, ११ असार । मौसम परिवर्तनसँगै सिरहाको सन्तनगरस्थित संजय मत्स्य तथा भुर्रा उत्पादन केन्द्रमा माछा पालक कृषकको घुइँचो लाग्न थालेको छ । पोखरीमा माछाको भुरा राख्ने उपयुक्त सिजन भएकोले अहिले दैनिक विभिन्न जातका करिब दश लाख माछाका भुरा बिक्री गर्ने गरिरहेको भुरा उत्पादन केन्द्रका सञ्चालक रामु चौधरी बताउँछन् ।

१५ बिघा क्षेत्रफलमा करिब साठीवटा पोखरी खनाएर व्यावसायिक रूपमा माछाको भुरा उत्पादन गरिरहेका सञ्चालक चौधरीले एक वर्षमा करिब १० करोड माछाका भुरा उत्पादन गर्ने गर्दछ । एक वर्षमा ३५ लाख मूल्य बराबरको आर्थिक कारोबार गरेर उहाँले १८ लाख मुनाफासमेत गरिरहेका छन् । दश जनालाई रोजगारीसमेत दिएका चौधरीलाई बिजुली र माछामा दिने भिटामिन सुइको समस्याका कारण बेला–बेलामा निराश बनाउने गरेको उनको गुनासो छ ।
लोडसेडिङको कारण जेनरेटरको माध्यमबाट पोखरीमा पानी हाल्ने समस्या त छदैछ माछामा हाल्ने औषधिसमेत भारतको कलकलत्ताबाट महँगो मूल्यमा ल्याउनु पर्ने बाध्यताका कारण आफूलाई निराश बनाउने गरेको उनी बताउँछन् । २५ वर्षदेखि सिल्भर, विग्हेट, नैनी, भाकुर, कोमन कार्पलगायत दश जातको माछाको भुरा उत्पादन गरिरहेका चौधरीको केन्द्रमा देशको विभिन्न ठाउँका मानिस मात्रै होइन भारतबाट समेत माछाको भुरा लिन आउने गरेको उहाँको भनाइ छ ।
यी यस्ता व्यावसायिक रूपमा क्रियाशील कृषकलाई राज्यले सेवा सुविधा उपलब्ध गराए एउटा ठूलो फर्मकै रूपमा नलिने कुरालाई नकार्न नसकिने कृषकको भनाइ छ ।

प्रतिक्रिया