१५ दिन भित्र विमानस्थल सुधार्नुस्: अख्तियार

Lokmanshin-Karkiकाठमाडौ १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ दिनभित्र सर्वसाधारणले महसुस गर्ने गरी विमानस्थल व्यबस्थापनमा सुधार ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आयोगले आज विमानस्थलसंग सरोकार राख्ने विभिन्न सरकारी निकायसंग छलफल गरी विमानस्थलको अस्तव्यस्तताबारे ब्यापक जनगुनासो बढेकाले १५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो । आयोगले विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विमानस्थमा देखिएको बेथितिकै कारण देशको छवीमा दिर्घकालिन असर पुर्‍याउने हुँदा तत्काल सुधारमा ध्यान दिन निर्देशन दिएको जनाएको छ । ‘मन्त्रालयका सचिव र स्वायत्त निकायका प्रमुखले आफ्नो जिम्मेवारी बुझेर काम गरिदिने हो भने ७५ प्रतिशत उजुरी घट्ने र आयोगको काममा सरलीकरण हुनेछ ।’आयुक्त कार्कीले भने, ‘असल नियत र कानुनसम्मत भएर समयमै काम सम्पन्न गर्ने हो भने आयोगसंग कसैले डराउनुपर्दैन ।’ कार्कीले १५ दिनभित्र सुधारका कार्य गरे नगरेको आफुले अनुगमन गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया