खोटाङमा गिरी दम्पत्तिको हत्या

Hatya 2खोटाङ, ८ असार । खोटाङ जिल्लामा अज्ञात समूहको आक्रमणबाट एकदम्पत्तिको हत्या भएको छ ।
पाटेका–४, छेरा बस्ने ७५ बर्षीय चक्र गिरी र उनकी पत्नी लीलामाया गिरीलाई अज्ञात समूहले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
गिरी दम्पत्तिको हत्या पछि सो समूह फरार भएको छ । उनीहरुको खाजतसाल जारी रहेको प्रहरी भनाई छ । हत्याको कारण खुलेको छैन ।
यता, झापा जिल्लामा कुटपिटबाट एक युवकको मृत्यू भएको छ । लखनपुर–१ का १७ बर्षीय रविन राईको कुटपिटबाट शुक्रबार राति मृत्यू भएको हो ।
उनलाई लखनपुर–६ स्थित भान्जीको विवाहमा गएका बेला लखनपुर–५ का २३ बर्षीय पुजन राईलगायतका ४/५ जनाले समूहले पुरानो रिसइबीका कारण लाठी/ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया