एमएनडी रोगबारे पहिलोपटक खोज तथा सहयोग

चितवन, ८ असार । नेपालमा नै पहिलोपटक चितवनमा नसा सुक्दै गई मस्तिष्क र मेरुदण्डलाई असर गर्न मोटर न्युरोन डिजिज (एमएनडी) खोज तथा सहयोग गरिने भएको छ ।

पूवीचितवनको बछौली गाविसमा रहेको सामुदायिक सहयोग केन्द्रले केन्द्रअन्र्तगत रहने गरी एमएनडी सहयोग समाज गठनमार्फत सो सेवा चितवनबाट सुरु गरेको हो । विश्व मोटर न्युरोन डिजिज (एमएनडी) सचेतना दिवसको अवसर पारेर बेलायतकी लुइका उड बार्डको सहयोगमा पर्यटकीय बछौली सौराहाबाट विश्वका अन्य देशमा यो रोगबारे विविध कार्यक्रम भए पनि नेपालमा कुनै कार्यक्रम नभएकाले पहिलोपटक दिवस मनाउँदै एमएनडी रोगबारे ग्रामीणस्तरबाटै जनचेतना कार्यक्रम सुरु गरेको केन्द्रका अध्यक्ष केशव पाण्डेले जानकारी दिए । ‘शरीरको महत्त्वपूर्ण अंग स्नायु प्रणालीमा असर गर्ने यो रोगबारे नेपालमा खासै चर्चा भएको पाइएन्,’ अध्यक्ष पाण्डेले भने, ‘रोग जटिल एवं प्राणघातक छ । विदेशमा धेरै संघसंस्थाले काम गरेका छन् ।’ नेपालमा पनि यसबारे समय मै सचेत हुन समाज गठन गरी काम सुरु गरेको प्रस्ट पारे ।
केन्द्रमाफर्त मोटर न्युरोन डिजिज (एमएनडी) खोज तथा बिरामीको पहिचान गरी सम्बन्धीत विशेषज्ञको परामर्श उपचार र बिरामीको जीवन यापन सहज गराउँन समाजले नेपालका वरिष्ठ न्युरो फिजिसियन डा. राजु पौडेलको संयोजन गरेका छन् । उनीसहित कलेज अफ मेडिकल साइन्सेस भरतपुरकको तीन सदस्ययी विशेषज्ञको टोलीले सहयोगमा सो रोगको चितवनका गाउँ–गाउँ सचेतना र उपचार गर्ने केन्द्रले जनाएको छ । यसैबीच दिवसकै अवसर पारेर पहिलोपटक समाजले विविध कार्यक्रम गरिमनाएको छ । सो अवसरमा रोगबारे जानकारी दिँदै न्युरोलजिस्ट डा. बाबुराम पोख्रेरलले नेपालमै दुर्लभ रहेको मोटर न्युरोन डिजिज रोगको उपचार पनि नभएको र लाग्नाको कारण पनि पत्ता नलागेकाले बेलैमा सचेत हुन सबैलाई आग्रह गरे ।
‘विशेष गरी ४० देखि ५० वर्ष उमेर भएका व्यक्तिमा यो रोग लागेपछि नसा सुक्दै जाने, मांसपेसीले काम गर्न छाड्ने र एकप्रकारको प्यारालाइसिस् जस्तो देखिनेछ,’ उनले भने । यसले चाडैनै मान्छै असर अशक्त बनाई मुत्यु नै गराउने बताए । यो रोग लागेपछि यसले मान्छे रोगको संक्रमण बढाइ दुईदेखि पाँच वर्षसम्म मात्र बाच्न सक्नेछन् । यो रोगबाट बाच्ने मुख्य उपाय नै आत्मविश्वास र सामाजिक सद्भाव दिन चेतना रहेको डा. पोख्रेरलले ले बताए । रोगका नेपालमा थोरै विशेषज्ञ भए पनि चितवनको कलेज अफ मेडिकल साइन्सेस भरतपुर र काठमाडांैको वीर अस्पताल, न्यूरो अस्पताल र ब्लुक्रस अस्पतालामा रोग उपचार हुने भए पनि धेरैलाई यसबारे जानकारी छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रतिवर्ष ६ हजार यसका रोगी सिकार भएको पाइएको छ । चितवनमा यो रोगका कारण गत तीन वर्षमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा १२ जना रोगी फेला परेको थिए । जसमध्ये एक जनाको मुत्यु भइसकेको छ ।

प्रतिक्रिया