देउखुरीवासी त्रसित

देउखुरी, ५ असार । देशका विभिन्न भागमा बाढी पहिरोका कारण क्षती भएको समाचारसँगै देउखुरीका वासिन्दामा पनि त्रास बढ्दो छ । गतवर्ष पनि बाढीको कारण डुबानमा परेको देउखुरीवासीमा कतै एक वर्ष अघिकै पीडा दोहोरिने होकी भन्ने deukhuriचिन्ता छ । राप्ती नदी र आसपासका क्षेत्रका खहरेखोलाबाट धेरै सताइएका छन् । त्यसका अतिरिक्त एउटा कुलोमा आउने बाढीले समेत बस्ती खतरामा परेको छ । यसरी देउपुरको लोटही सोता(कोलही कुलो)का कारण देउपुरवासी, कोलही, लंगडी क्षेत्रका सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।

खेतभरी प्लास्टिकका झोला छन् । कतै मिनरवालटरका बोतल । बजारभरिको फोहर खेतमा पुगेको छ । अन्न उब्जाउने जमिन फोहरले भरिएको छ । लमही बजारसँगैको सटेको देउपुर गाउँ हुँदै सोता बगेको हो । सोतामा बजारको ढल मिसाइएको छ । नगर विकास समितिको प्लानिङ क्षेत्रको फोहर पानी सोझै सोतामा मिसाइदा वर्षा याममामा सोतामा पानीको बहाब बढी हुन्छ । केही वर्षअघि र अहिलेको लोटही सोता फेरिएको स्थानीयवासी बताउँछन् । देउपुरका विष्णु गरी भन्छन् , ‘नगर विकास समितिको लापरबाहीका कारण हाम्रो बस्ती जोखिममा पर्‍यो । देउपुरका थोरै पानी पर्नु हँदैन्, सोता उर्लिएर आउँछ,’ देउपुरका दामोदर पाण्डेले भने । नगर विकास समितिले प्लानिङ क्षेत्रमा संकलन हुने सबै पानी सोतामा खसाल्दै आएको छ । जंगलको पानी र बजार क्षेत्रको फोहर पानी मिसिदा बस्ती जोखिममा परेको हो । यसका साथै बजारको फोहर सबै खेतीयोग्य जमिनमा मिसिएको छ । ‘बजारको प्लास्टिक, फोहर सबै खेतमा जम्मा हुन्छ,’ स्थानीय इन्द्रबहादुर डाँगीले भने, ‘खेतीयोग्य जमिन बगरमा परिणत हुन थाल्यो ।’ बजारको फोहोर घरभित्रसम्म पुग्छ । समस्या समाधान गर्न स्थानीयले नगर विकास समितिको ढाका धेरैपटक ढक्ढक्याए तर उनीहरूको मागप्रति समिति गम्भीर भएको छैन् । ‘धेरैपटक गयौँ । तर, हाम्रो समस्याप्रति समिति गम्भीर छैन्,’ विष्णु गिरीले भने, ‘समस्या समाधान नभए जस्तो सुकै कदम उठाउँन पनि तयार छौँ ।’ स्थानीयको विरोधका बाबजुत पनि फोहर पानी सोतामा मिसाइएको स्थानीयले बताए । ‘हामीले विगतदेखि भन्दै आयौँ कि ढल पानी नमिसा भनेर तर हाम्रो कुरा सुनिएन,’ इन्द्रबहादर डाँगीले भने, ‘अहिले समस्या निम्त्यायो ।’

पीडितद्वारा समितिमा ज्ञापनपत्र

चैलाही–३ देउपुरका पीडितले तत्काल समस्या समाधानको माग राख्दै लमही नगर विकास समितिमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले आफूहरूको समस्या समाधान गर्न गम्भीर बन्न अनुरोध गरेका छन् । समस्या समाधान नभए आन्दोलनमा उत्रन सकिने चेतावी पनि दिएका छन् । तर, समितिका अध्यक्ष रामलाल खनाल काठमाडौं गएकाले उनीहरूले बुझाएको पत्र कहिले सम्बोधन हुन्छ भन्ने विषयमा केही भनिएको छैन् । स्थानीयवासिन्दाले उठाएको मागबारे नगर विकास समितिका अध्यक्ष खनालले आफू काठमाडौंबाट फर्किएपछि विकल्प खोजिने बताए । ‘म काठमाडौंमा छु,’ उनले भने, ‘फर्किएपछि विकल्पको खोजी गरौँला ।’ (फाईल तस्विर)

प्रतिक्रिया