कर्णालीको बाढी गाउँमा पस्यो

bardiyaबर्दिया, ४ असार । तीनदिन देखि परेको अविरल वर्षासँगै कर्णाली नदीमा आएको बाढीका कारण बर्दियाको राजापुर क्षेत्रमा रहेका एघारगाविसका आधिकांश गाउँहरु डुबानमा परेका छन् ।
कर्णाली नदीमा पानीको सतह वृद्धि हुँदा डूबानको खतरा सतह भन्दा माथि पुगेको हो । राजापुर, भीम्मापुर, दौलतपुर, खैरीचन्दनपुर, पाताभारलगायतका गाविसमा पर्ने दुर्गानगर, नङगापुर, तिघ्ररा, मुरगौवा, टिउनी, शंकरपुर, छेदिया, चैनपुर गोडीयाना गाउँहरु जलमग्न भएका छन् ।
कर्णाली नदीमा पानी खतराको सतह देखि करीव ४ मिटरमाथि पुगको छ । सो क्षेत्रका सातसय बढी घरहरुमा पानी पसेर क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
बाढीबाट विस्थापितहरु स्थानीय विद्यालय र आफन्तको घरमा शरण लिएर बसेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायव उपरीक्षक यमुना रजकले जानकारी दिए ।
राजापुर टापुको एघारगाविस जोड्ने ३२ केभीको हाईटेन्सन लाईनको पोल बगाएको छ । सो क्षेत्रमा विद्युत आपूर्ति समेत ठप्प भएको छ ।
लगातारको पानी र बाढीका कारण कर्णाली नदीले चारैतिर घेरिएको राजापुर क्षेत्रमा उद्दारकार्यमा कठिनाई उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विकले जानकारी दिए ।
बाढीले राजापुर टप्पुको एघारगाविस मध्ये नौ गाविस डुवानको जोखिममा छ । नदीमा पानीको वहाव १८ हजार ५ सय ९० क्यूसेक मापन गरिएको छ ।

प्रतिक्रिया