चट्याङले ४ जनाको ज्यान गयो

chatyangपर्सा, ३ असार । पर्सामा चट्याङ लागेर आज (सोमबार) ४ जनाको मृत्यू भएको छ ।
बैरियाविर्तामा अविरल पानीबाट बच्न झुपडीमा ओत लागेका उनीहरुको चट्याङ परेपछि ज्यान गएको हो ।

दुई जनाको घटनास्थलमै मृत्यू भएको थियो भने दुई जनाको उपचारका लागि लैजाने क्रममा बाटोमा ज्यान गएको छ । अर्का एकव्यक्ति भने गम्भीर घाईते भएका छन् ।

मृत्यू हुनेमा रामबाबु शाह, गया मुखिया, शम्भु पटेल र मनिफ मियाँ रहेको प्रहरीले जनाएको छ । घाईते दुर्गाप्रसाद शाहको भने नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया