राजनीतिक अधिकार कटौती गरे आन्दोलन

teacherकाठमाडौं, २ असार । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ट्रेड यूनियनको सिद्धान्त विपरीत शिक्षकहरुको राजनीतिक अधिकार खोस्ने प्रयत्न गरेको आरोप लगाएको छ ।
संगठनका अध्यक्ष बाबुराम थापाले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर गैर दलीय सरकारले आफूहरुको राजनीतिक अधिकार खोस्न लागेको दाबी गरेका हुन् । उनले राजनीतिक अधिकार खोसिए आन्दोलन गर्ने बताए ।
अन्तरिम संविधानले समेत ट्रेड यूनियनभित्र राजनीतिक अधिकार सुनिश्चित गरेको उनको भनाई छ ।
शिक्षाप्रणाली पुरानो रहेको बताएका उनले शिक्षा क्षेत्रको विकास प्रणालीमा आमूल परिवर्तन गर्नु पर्ने उल्लेख गरे । (फाईल तस्विर)

प्रतिक्रिया