बर्षातले वेपत्ताको खोजी कार्यमा समस्या

Bepatta Chitwanचितवन, २ असार । चितवनको कुरिनटार नजिकै त्रिशुली नदीमा शनिबार वेपत्ता भएका पाँच जनाको खोजी कार्यमा समस्या भएको छ । रातको समयमा खोजी गर्न कठिनाई भएकोले आज (आइतबार) विहानैदैखि खोजी कार्य अगाडी बढाउने तयारी भएपनि पानी परेकाले खोजी कार्य प्रभावित भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । खोजी कार्य अगाडी बढाउने तयारी भएपनि निरन्तरको बर्षाले गर्दा बेपत्ता खोजीमा समस्या आएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । बेपत्ता खोजी कार्यको लागि एक टोली घटनास्थल नजिकै पानी घुमिरहेको रहेको ठाउमा, अर्को टोली खोलाको किनार किनार नारायणगढ तर्फ र एउटा डुंगामा नदी बाहावतर्फ खटाउने तयारी भएपनि पानीका कारण प्रभावित भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार नदी आसपासका सबै क्षेत्रमा निगरानीका लागि सबै प्रहरी ईकाईमा खबर पठाई सकिएको छ ।
दारेचोक–३, कुरिनटारमा शनिबार त्रिशुली नदीमा पौडी खेल्ने क्रममा भरतपुर–५ का एकै घरका तीन दिदीबहिनी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा २२ वर्षीय रजनी रेग्मी, १९ वर्र्षीय मोनिका रेग्मी र १६ वर्षीय लिजा रेग्मी र उनीहरुसगै गएका २३ वर्षीय अस्मिता थापा र वर्ष २३ कै जनक राउत छन् । (तस्विर फेसबुक)

प्रतिक्रिया