निकासका लागि चुनाव निर्विकल्प : कोइराला

Sushil Koiralaकाठमाडौं, २ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक अन्योल र संवैधानिक संकटको निकासका लागि संविधानसभा चुनाव अपरिहार्य रहेको बताएका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सभापति कोइरालाले अहिले राष्ट्रियता कमजोर रहेको उल्लेख गर्दै यसलाई सुदृढ पार्नका लागि पनि चुनावको विकल्प नरहेको स्पष्ट पारे । चुनावको माध्यमबाट जनताको सर्वोच्चता कायम राख्न सकिने उल्लेख गर्दै कोइरालाले चुनावप्रति असन्तुष्ट राजनीतिक दल पनि देश र जनताप्रति जिम्मेवार भइ्र्र चुनावमा सहभागी हुन आग्रह गरे ।
कांग्रेस नेता दीपकुमार उपाध्याय र डा. मीनेन्द्र रिजालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि प्राप्त गर्न संविधान निर्माण गर्नुपर्ने हुँदा चुनावको विषयमा आशंका नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया