प्रचण्ड र बाबुराम भारतीय दलाल : मैनाली

CP-Mainali-1भक्तपुर, १ असार । नेकपा (माले)का महासचिव सिपी मैनालीले एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई भारतीय दलाल भएको आरोप लाएका छन् ।
उनले न्यायपालिकाको प्रमुख कार्यपालिकामा पुगे पछि न्याय सम्पादनमा त्यसको छाँयाले असर गरेको समेत बताए । भक्तपुरको रफत संचार क्लवमा आयोजित पत्रकार सम्मेलनमा माले महासचिव मैनालीले वर्तमान सरकारले आन्दोलनरत दलहरुलाई पनि सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नेकपा मालेको छैठौ केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकले पारित गरेको निर्णय सार्वजनीक गर्दैै उसले विना तयारी निर्चानको घोषण गरिएको भन्दै विरोध जनाएको हो ।
मालेले आन्दोलनरत दलहरुलाई बार्तामा नल्याई घोषण गरिएको चुनावको कुनै अर्थ नरहेको भन्दै त्यसप्रति कडा विरोध जनाएको छ ।

प्रतिक्रिया