राष्ट्रपतिद्वारा अर्थविद्सँग परामर्श

70.2.31 budgetकाठमाडौं, ३१ जेठ । राष्ट्रपति डा.रामवरण यादवले आगामी नयाँ बजेटका विषयमा अर्थशास्त्री र अर्थविद्हरुसँग परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (शुक्रबार) भएको छलफलमा डा.यादवले आगामी बर्षको बजेट र योजनाहरुका विषयमा परामर्श गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट ल्याउने तयारी गरिरहेका बेला डा.यादवले सो विाषयमा अलग परामर्श गरेका हुन् ।
छलफलमा डा.यादवका साथै डा.विमल कोइराला, डा.विश्वम्भर प्याकुरेल, शम्भुशरणप्रसाद कायस्थ, डा.पृथ्वीराज लिगल, डा.मदनकुमार दाहाल, डा.जगदीशचन्द्र पोखरेल, डा.चन्द्रकान्ता पौडेल, पोषराज पाण्डे, डा.विजय पौडेल रहेका थिए ।

प्रतिक्रिया