यार्सा खोज्न गएका दुईको मृत्यु

मुगु, ३१ जेठ । मुगु गाविसका विभिन्न क्षेत्रमा पाइने यार्सा खोजीमा गएका दुई युवकको मृत्यु भएको छ । यार्सा संकलनका लागि खुल्ला गरिएका ती क्षेत्रमा जिल्लाका र अन्य जिल्लाबाट आएका करिब १५ हजारभन्दा माथिको संख्यामा गएका सर्वसाधारणमध्ये अहिलेसम्म तीनको मृत्यु भइसकेको तथा बिरामी परेर पाँच हजारभन्दा बढी संकलनकर्ता घर फर्केका छन् ।

यार्सा संकलनकै क्रममा एक्कासि पेट फुलेर बिरामी परेपछि उपचारका लागि मुगु गाविसस्थित स्वास्थ्यचौकीमा ल्याइँदै गर्दा हुम्ला राय गाविस–२ का २८ वर्षीय काल्चे बुढा मंगलबार र बुम्रमाडी चौर–२ का ३४ वर्षीय वीरबहादुर कठायत मुगु गाविसको दाने ओडार भन्ने स्थानको काठेपुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले बताए ।

प्रतिक्रिया