निर्वाचनमा भाग लिन ‘ईयू’को दवाव

euकाठमाडौं, २९ जेठ । यूरोपियन यूनियन (ईयू)ले नेकपा–माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी हुन पुन: सुझाव दिएको छ ।
नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आज (बुधबार) भएको भेटघाटका क्रममा यूनियनले निर्वाचनमा भाग लिएर नयाँ संविधान बनाउन आग्रह गरेको हो । ईयूले निर्वाचनमा आवश्यक पर्ने सहयोग गर्न तयार रहेको जनाएको नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।
जवाफमा नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरु निर्वाचनबाट टाढा नरहेको बताए । ‘हामी निर्वाचन भन्दा टाढा छैनौं,’ बैद्यलाई उदृत गर्दै भुसालले भनिन्, ‘यथाअवस्थामा हामी निर्वाचनमा भाग लिन सक्दैनौं ।’
नेकपा–माओवादीले आफूहरुले विधिको शासन, दलीय व्यवस्थालगायतका पक्षमा आन्दोलन गर्दै आएको जनाएको थियो ।
भेटमा नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, उपाध्यक्ष सीपी गजुरेल तथा नेपालस्थित ईयू आवद्ध राष्ट्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया