परिवर्तनकारी शक्तिबीच एकताको खाँचो

Puspakamal-Dahalपाँचथर, २८ जेठ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघीयता र संघीयता सहितको संविधान निर्माणको लागि देशमा परिवर्तनकारी वामपन्थी शक्तिहरुको मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा पार्टीद्धारा आयोजित कार्यक्रममा दाहालले अघिल्लो संविधान सभा निर्वाचनमा दुई तिहाई वहुमत पु¥याउन नसक्दा यथास्थितीवादी शक्तिहरुले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान जारी गर्न नदिएका कारण संविधान सभा विगठन भएको दावी गरे ।
अध्यक्ष दाहालले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिन आग्रह गरे । लामो राजनीतिक आन्दोलन कारण देश कमजोर र अस्थिर हुँदै गएकोले अब आर्थिक क्रान्तिमा जोड दिनुपर्ने भनाई व्यक्त गरे । उनले आर्थिक क्रान्तिमा जोड दिनकै लागि हेटौडा महाधिवेशनले उत्पादनको मुद्दामा जोड दिएको बताए । बनाएर अघि वढिरहेको वताए ।

प्रतिक्रिया