पत्नीको हत्या/छोरा–छोरीलाई खुकुरी प्रहार

hatya 4रुकुम, २८ जेठ । रुकुम जिल्लामा भीमलाल ओलीले आफ्नै पत्नीलाई धारितलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।
नुवाकोट–८ का भीमलालले आज (मंगलबार) विहान एक बजे ४२ वर्षीय पत्नी पवित्रा केसीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक ओमबहादुर रानाले जानकारी दिए । घरायसी विवादमा भीमलाले पत्नीलाई खुकुरी प्रहार गरेका हुन् ।
पत्नीलाई खुकुरी प्रहार गर्दा उनका दुई छोरा र एक छोरीपनि घाईते भएका छन् । बाबुले प्रहार गरेको खुकुरी लागेर १० बर्षीय छोरा प्रेम ओली, १५ बर्षीय तुलसीराम ओली र १८ वर्षीय छोरी विमला ओली घाइते भएका छन् ।
घाईतेको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । घाइते दुबै छोराहरुको अवस्था गम्भीर छ ।
पत्नीको हत्या गर्ने भीमलाल फरार छन् । प्रहरीले उनको खाजी कार्य शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया