एसएलसीको नतिजा सार्वजनिक(नतिजासहित)

slc

नतिजा हेर्नको लागि  दुई वटै निलो रंङको  फोल्डर  (EGULAR_69)  / (EXEMPTED_69फोल्डरमा क्लिक गरेर आफ्नो नम्वर पत्ता लगाउन सक्नु हुन्छ । (सौजन्य परीक्षा नियन्त्रण कार्यालय)

काठमाडौं, २८ जेठ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले आज (मंगलबार) एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

एसएलसी बोर्ड बैठकको निर्णय अनुसार २०६९ सालको परीक्षाफल सार्वजनिक गरिएको हो । नियमितमा कुल ४१ दशमलव ५७ प्रतिशत उत्तीर्ण भएका छन् । एक्जाम्टेड तर्फ सात दशमलव ७६ प्रतिशत उत्तीर्ण भएको पनिकाले जानकारी दिएको छ । गतसाल भन्दा यस पटक थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् ।
दुई विषयसम्म अनुत्तीर्ण हुनेलाई पुरक परीक्षाको व्यवस्था पनिकाले मिलाएको छ । परीक्षा आगामी साउन २० गतेबाट सुरु भई २७ गते सम्म सञ्चालन हुने छ ।
पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थीले एसएलसी परीक्षामा सहभागी भएका थिए ।
यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशित गरिने छैन । परीक्षाफल विभिन्न वेवसाईट, एसएमएस र टेलिफोनबाट सुन्न तथा हेर्न सक्ने सुविधा मिलाइएको छ ।
शिक्षा मन्त्रालयको वेभसाइट डब्लूडब्लूडब्लू डट एमओई डट जीओभी डट एनपी, शिक्षा विभागको डब्लूडब्लूडब्लू डट डीओई डट जीओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको डब्लूडब्लूडब्लू डट एसओसीई डट जीओभी डट एनपी र नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनपी लगअन गरेर नतिजा हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकमको मोवाईलबाट १४०० मा सिम्वल नम्वरसहितको म्यासेज पठाएर पनि जानकारी पाउन सकिने व्यवस्था छ ।

प्रतिक्रिया