अदालतमा काम सुचारु

काठमाडौं : न्यायाधीश नियुक्तिलगायत ५७ बुँदे माग राखी आन्दोलित सर्वोच्च अदालतका कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आइतबार दुई घन्टा काम ठप्प पारेका सर्वोच्चका कर्मचारीले सोमबार उपत्यकाभरका न्यायालय तथा न्यायाधीकरणको काम तीन घन्टा ठप्प पार्ने जनाएका थिए ।
न्यायपरिषद्ले जिल्ला अदालत तथा पुनरावेदन अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाएपछि कर्मचारी संगठनहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । न्यायालयभित्रका पाँच कर्मचारी संगठनले विरोध कार्यक्रम फिर्ता लिएपछि प्रशासनसँग वार्ता गर्ने वातावरण बनेको छ ।

प्रतिक्रिया