नेप्सेमा झिनो सुधार

nepseकाठमाडांै, २६ जेठ । नेप्से परिसूचकमा गत साता पनि झिनो वृद्धि मात्रै देखिएको छ । पाँच सयभन्दा माथि रहेको परिसूचक केही समययता पाँच सयभन्दा तल झरेको छ । गत साता पनि परिसूचक १ दशमलव ५४ अंकले वृद्धि भई ५ सय ९८ दशमलव ३५ मा सीमित रहेको छ ।

गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय १८ कम्पनीको कारोबार भएको छ । जसमा ४ हजार ७ सय ७७ कारोबारबाट २८ करोड २७ लाख २४ हजार रुपियाँ बराबरका १२ लाख ५० हजार ७ सय ९५ कित्ता सेयर खरिद–बिक्री भएका छन् । गत साता १ सय १२ कम्पनीको कारोबार भएको थियो । जसमा ४ हजार ८ सय ८६ कारोबारबाट ४१ करोड ७३ लाख ३५ हजार रुपियाँ बराबरका १४ लाख ९५ हजार ७ सय ४ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३२ दशमलव २५ प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र १५ करोड ५४ लाख ५१ हजार रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५४ दशमलव ९८ प्रतिशत हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३९ अंकले वृद्धि भई १ सय २४ दशमलव ६६ अंकमा पुगेको छ । कारोबार रकमतर्फ २ करोड ४० लाख ५७ हजार रुपियाँका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या २ लाख ८७ हजार ७ सय ७ कित्ताका आधारमा नबिल ब्यालेन्स्ड फन्ड अग्रस्थानमा छ । त्यस्तै, कारोबार संख्या र ६ सय ८३ वटाका आधारमा कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल अग्रस्थानमा छ । साताको उत्कृष्ट पाँच कम्पनीमा एभरेष्ट बंैक, बैंक अफ काठमाडु, सिभिल बैंक, कर्मज एन्ड ट्रस्ट बंैक र चिलिमे हाइड्रोपावर कम्पनी रहेका छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया