प्रहरीलाई कुटपिट गर्ने तीन जना पक्राउ

nepal_policeकाठमाडौं, २५ जेठ । डिउटीमा रहेका प्रहरीलाई कुटपिट गरेर घाईते बनाउने तीनजना युवालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३५, जडीबुटीस्थित ढुङेधारामा मादक पदार्थ सेवन गरेका उनीहरुरुले आज (शनिबार) विहान साढे एकबजे कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिट गरेको अभियोगमा प्रहरीले नरेफाँट बस्ने मकवानपुर जिल्ला घर भएका २५ बर्षीय सन्तोष शाही, काभ्रे जिल्ला घर भएका २४ बर्षीय सुरेश घोरासैनी र दोलखा जिल्ला घर भएका २१ बर्षीय जीवन तामाङलाई पक्राउ गरेको जनाएको छ ।
तीन जनाको समूहको कुटपिटबाट प्रहरी प्रभाग कोटेश्वरका प्रहरी जवान ढकबहादुर पाठक र प्रहरी जवान राजु जिसी घाईते भएका हुन् । उनीहरुले प्रहरी चढेको क्यु.आर.टी मोटरसाइकलको साईरनसमेत तोडफोड गरेर क्षतिपुर्‍या दिएका छन् ।
प्रहरी जवानको हात र खुट्टामा चोट लागेको थियो । घाईते प्रहरी जवानलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार पश्चात डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया