लोकतान्त्रिक संविधानकालागि निर्वाचन: केसी

Chitra-Bahadur-KC-1काठमाडौं, २५ जेठ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक संविधान बनाउन संविधानसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
आई.सी.ओ.आर. एशियाई कोअर्डिनेशन समितिको सम्मेलनलाई आज (शनिबार) काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष केसीले बहुदलीय व्यवस्था र गणतन्त्रलाई खतराबाट जोगाउन निर्वाचन अनिर्वाय रहेको बताए । ‘निर्दलीय सरकारको विरोध गरेर संविधानसभाको निर्वाचन सफल पार्नुपर्छ,’ उनले भने, ‘लोकतान्त्रिक संविधान निर्माण र गणतन्त्र संस्थागत गर्नु आजका राष्ट्रिय आवश्यक्ता हुन् ।’
देशमा प्रमुख चार राजनीतिक शक्तिले बहालवाला प्रधानन्यायाधीशलाई कार्यपालिकाको प्रमुख बनाएर संविधान सभा निर्वाचन गर्ने जिम्मेवारी दिएर प्रतिगमन गरेको उनले आरोप लगाए । उनले भने, ‘यो स्पष्ट रुपले प्रतिगामी निर्णय हो ।’
संविधानसभा निर्वाचन गरे पनि नयाँ संविधान बन्नेमा आशंका रहेको अध्यक्ष केसीले जनाए । यद्यपि, उनले लोकतान्त्रिक संविधान र गणतन्त्र संस्थागत गर्न यो नै सबै भन्दा उचित विकल्प रहेको बताए ।
विद्यमान केन्द्रिकृत शासन व्यवस्थालाई विकेन्द्रित गर्नुपर्ने अध्यक्ष केसीको माग थियो । उनले सानो मुलुकमा संघीयता आवश्यक नरहेको बताए ।
नेपाल, भारत र बंगलादेशका साना कम्युनिष्ट पार्टीहरुको सो सम्मेलन सोमबार सम्म चल्ने छ । सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्ने छन् ।

प्रतिक्रिया