त्रिशुली नदीमा दुई जना बेपत्ता

धादिङ, २४ जेठ । धादिङ जिल्लास्थित पूथ्वी राजमार्गमा दुध बोकेको ट्याङ्कर दुर्घटना हुँदा त्रिशुली नदीमा बगेर दुई जना बेपत्ता भएका छन् ।
जोगिमारा–९, ज्यामिरेघाटमा आज (शुक्रबार) विहान करीव १ बजे बा.१ घ ५४४ नम्बरको दुध बोकेको ट्याङ्कर अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर सडकदेखि अंदाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो । ट्याङ्करमा रहेका तीन जना मध्य एक जना तैरिएर बाँचेका थिए ।
त्रिशुलीमा खसेको दुध बोक्ने ट्याङ्कर पानीले छोपिएको छ । ट्याङ्करको केही माग मात्रै देखिएको छ ।

प्रतिक्रिया