जंगली च्याउ खाँदा परिवारै सिकिस्त

राजविराज, २४ जेठ । सप्तरी जिल्लामा जंगलबाट ल्याएको विषालु च्याउको तरकारी पकाएर खाँदा एकैपरिवारका ६ जना विरामी परेका छन् ।
जंगली च्याउ खाएर भल्वही निवासी ५२ वर्षीय जगतबहादुर स्याङ्तानसहित उनको परिवार सिकिस्त विरामी भएको हो ।
विरामी पर्नेमा जगतवहादुरका साथै उनकी पत्नी सुनमाया स्याङ्गतान, १७ वर्षीय छोरा राजकुमार स्याङतान, बुहारी सुमित्रा स्याङतान, नातिनी सुमन स्यङ्तान, नाती विशाल स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक श्यमसिंह चौधरीले जानकारी दिए ।
सिकिस्त विरामी स्याङ्तान परिवारको रायपुरस्थित यूनिक अस्पतालमा उपचार भईरहेको छ ।
यसैबीच, वर्षासँगै परेको चट्याङ् लागेर जगतपुर–८ मा ५० वर्षीय धर्मा साहको मृत्यू भएको छ । उनलाई बिहीबार बेलुका आफ्नै खेतमा धानको विउ राख्न गएका वेला चट्याङ् लागेको थियो । बेहोस साहलाई उपचारका लागि विराटनगर लौजाँदै गर्दा बाटोमा मृत्यू भएको थियो ।

प्रतिक्रिया