बैद्यजीले बहिष्कार गरेर चुनाव रोकिँदैन : पुन

barshaman punरोल्पा, २३ जेठ । एकीकृत माओवादीका नेता बर्षमान पुनले संविधानसभाको चुनाव मंसिरमा नभए कहिल्यै हुन नसक्ने दाबी गरेका छन् ।
गृह जिल्ला रोल्पामा आज आयोजित कार्यक्रममा पुनले केही व्यक्ति वा पार्टीले चुनाव बहिष्कार गर्छौं भन्दैमा चुनाव नरोकिने बताए । उनले संविधानसभाको चुनाव बहिष्कार गरे देश र जनताले दु:ख पाउने बताए ।
‘यो अवस्थामा आरोप/प्रत्यारोप गर्नु हुँदैन,’ उनले भने, ‘सबै दलहरु निर्वाचन कार्यालयमा दर्ता भइसकेका छन्, ‘मोहन बैद्यजीहरुले मात्र निर्वाचन बहिष्कार गर्छौं भनेर निर्वाचन रोकिँदैन ।’

प्रतिक्रिया