दाङ, बाँकेसहितका तराईका जिल्ला बन्द

dangदेउखुरी, २१ जेठ । आफ्ना मागको सुनुवाइ गर्नुको साटो प्रहरी दमन गरेको आरोपमा आज (मंगलबार) पूर्वकम्लहरीहरुले दाङ, बाँके, बर्दियालगायतका तराईका २२ जिल्लामा बन्द आह्वान गरेका छन् ।
बन्दका कारण तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा पूर्व पश्चिम महेन्द्र राजमार्ग र सहायक मार्गहरुमा सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ । केही जिल्लामा भने बन्दको प्रभाव न्यून परेको छ ।
काठमाडौं र दाङ जिल्लामा शान्ति पूर्ण धर्नामा बसेका पूर्वकम्लहरीहरुलाई प्रहरीले दमन गरेको आरोपमा बिरोध स्वरुप आमहड्तामा उत्रिएका हुन् ।
बन्दका कारण तराईका अधिकांश जिल्लाका शिक्षण संस्था कलकारखाना र बजार पूर्णरुपमा बन्द छन् ।
बन्द सफल बनाउन पूर्व कम्लहरीहरु तथा समर्थक विहानै देखि मूल सडकमा निष्किएर नारावाजीसहित प्रदर्शन गरेका छन् ।
दाङको देउखुरी लालमटियाकी १२ बर्षीया कमलरी सृजना चौधरीको हत्या भएको दावी गर्दै दोषीलाई कारवाहीको माग राखेर चैत तेस्रो सातादेखि पूर्वकमलरीहरु आन्दोलत छन् ।

सृजनाको कमलरी बसेकै घर ललितपुरमा चैत–१४ गते आगोमा जलेर रहस्यमयी मृत्यू भएको थियो ।

प्रतिक्रिया