दसौँपटक चुनाव भए पनि संविधान बन्दैन : गुरुङ

Dev-Gurungपोखरा, २१ जेठ । नेकपा–माओवादीका सचिव देव गुरुङले यस्तै अवस्था रहे दशौँपटक संविभानसभा चुनाव भए पनि संविधानसभाले संविधान जारी गर्न नसक्ने बताएका छन् ।
‘हिजो संविधानसभामा दुई तिहाई मत रहदा पनि ठूला दलले बाह्य शक्तिको इसारामा संविधान जारी गर्न सकेनन्,’ नेता गुरुङले भने, ‘यस्तो अवस्थामा विनासमीक्षा अब चुनाव भएर कसरी संविधान बन्न सक्छ ?’ विगतमा भएका कमजोरीको समीक्षा नगरी नयाँ चुनाव हुन नसक्ने उनले बताए ।
पोखरामा सोमबार संयुक्त जनआन्दोलन परिचालन समितिले गरेको अन्तक्रियामा नेता गुरुङले चार दलको आत्मसमर्पणवादी र एकात्मकवादी चिन्तनले गर्दा सहमति हुन नसकेको आरोप लगाए । उनले संविधानसभा विघटनदेखि नै प्रतिगमन सुरू भएको उल्लेख गर्दै मुख्य चार दल र राष्ट्रपतिले बाधा अड्काउ फुकाउ अध्यादेशमार्फत संविधानका २५ बुँदा खारेज गरेर विश्वका ठूलठूला तानासाहले पनि गर्न नसक्ने कार्य गरेको तर्क गरे ।

प्रतिक्रिया