राष्ट्रपति र फोरम अध्यक्ष यादवबीच भेटवार्ता

Upendra yadavकाठमाडौं, २० जेठ । राष्ट्रपति डा. रामवरण यादव र मधेसी जनाधिकार फोरम नेपालका अध्ययक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामाको माग उठाउादै आएका फोरम अध्यक्ष यादवले शितलनिवासमा राष्ट्रपतिसंग भेटवार्ता गरेका हुन् । यादवले रेग्मी सरकार गठनपूर्व प्रमुख चार दलबीच भएको २५ बुँदे बाधा अड्काऊ फुकाउ आदेश र ११ बुँदे राजनीतिक सहमति खारेज हुनुपर्ने माग गर्दै आएका छन् । यस्तै यादव सभासद संख्या पुरानै कायम गर्नुपर्ने अडान राख्दै आएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच यादव र नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यलाई पनि उच्चस्तरीय संयन्त्रमा ल्याउने सहमति भएपनि अहिलेसम्म उनीहरु समितिमा सहभागि भएका छन् । यादवसंगको छलफलमा राष्ट्रपतिले चुनावी वातावरण बनाउन आग्रह गरेको बुझिएको छ ।

प्रतिक्रिया