लभ फर एभरमा सुमिना आउट

suminaकाठमाडौं : चलचित्र लभ फर एभरको प्रमोसनबाट अभिनेत्री सुमिनालाई बाहिर राखिने भएको छ । चलचित्रको प्रमोसनका लागि कलाकारका एक टोलीसहित पूर्वको दमक पुगेका निर्देशक शंकर आचार्यले अभिनेत्री सुमिनालाई प्रमोसनभन्दा बाहिर राख्ने निणर्य गरेका हुन् ।
चलचित्रको प्रमोसनका क्रममा पूर्व रहेका आचार्यसहित चलचित्र टोलीलाई  विभिन्न बहाना बनाउँदै साथ नदिएकोले आफूले चलचित्रको प्रचारप्रसार गर्दा उनलाई नसमेट्ने निणर्यमा पुगेको निर्देशक आचार्यले बताए । उनले भने आफ्नै दिदी साधना घिमिरेको दुर्घटना भएको झुटो खबर फैलाउँदै  पूर्व जाँदै गर्दा बिचैबाट काठमाडौं फर्कन लागेको खबर दिँदै सुमिना निर्देशक आचार्यका सम्पर्क बाहिर रहेकी थिइन् । तर, आचार्यले उनकी दिदी साधनासँग दुर्घटनाको बारेमा बुझ्दा उनी सकुशल रहेको थाहा भएपछि सुमिनाको झुट खुल्यो । पटकपटक चलचित्रको प्रचार कार्यमा सहयोग गर्ने बताउँदै आएकी सुमिनाले पछिल्लो समय साथ नदिए पछि आफू उक्त निणर्य गर्न बाध्य भएको आचार्यले सुनाए ।
निर्देशक आचार्यले पछिल्लो समय सुमिनाको क्रियाकलाप नराम्रो लागेको र उनका कारणले चलचित्र चल्नमा कुनै फरक नपर्ने देखेकोले पनि यस्तो निर्णय गरेका हुन् । सुमिनाको अहिले धेरै पत्रकारसँग सम्बन्ध बिग्रिएकाले पनि सुमिना कि पत्रकार दुईमा एक छान्नुपर्ने स्थितिमा आफ्नो टिमले सुमिनालाई बाहिर राखेर प्रचार सुरु गर्ने निर्णयमा पुगेको निर्माता राज आचार्यले बताए । उनले भने, ‘सुमिना नभएर के भो त अन्य सबै कलाकार हाम्रो साथमा छँदैछन् नी’ । असार १४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा गजित विष्ट, सुमिना घिमिरे, शंकर आचार्य, राज आचार्यलगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ । (सौस)

प्रतिक्रिया