भेरी नदीले बगाएर रुकुममा दुई जना बेपत्ता

Tista Nadiरुकुम १९ जेठ  । रुकुमको पश्चिमी गाविस पुर्तिमकाँडामा भेरी नदीले वगाएर दुईजना वेपत्ता भएका छन् । रुकुम पुर्तिमकाँडा देखि छिमेकी जिल्ला जाजरकोट जाने क्रममा बाटोमा पर्ने भेरी तर्ने क्रममा नदीले बगाएर रुुकम पुर्तिमकाँडाका ४४ बर्षीया निर्मला पुन र २७ बर्षीय डेकविर पुन वेपत्ता भएका हुन । घरायसी कामको शिलशिलामा नजिकै पर्ने जाजरकोट जिल्लातर्फ जान लागेको वेला पुर्तिमकाँडा र जाजरकोट गाविसको विचमा पर्ने छोटेवगर स्थित भेरी नदिले बगाएको स्थानीय हरिप्रसाद शर्माले जानकारी दिए । सानीभेरी र ठुलीभेरी मिसिएर एकदमै ठुलो भएकोले तर्न खोज्दा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया