निर्वाचनतर्फ ध्यान दिऔं : सापकोटा

agni-sapkotaकाठमाडौं, १८ जेठ । एनेकपा माओवादीका  प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै दललाई निर्वाचनतर्फ केन्द्रीत हुन आग्रह गरेका छन् ।
प्रधान्यायाधीशबाट राजीनामा दिनुपर्ने बिषय अहिले महत्वपूर्ण नभएको भन्दै प्रवक्ता सापकोटाले निर्वाचन अहिलेको आवश्यकता रहेको बताए । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा उनले राजनीतिक दलहरुबीच यसअघि भएको कुनै पनि सहमतिमा प्रधानन्यायाधीशबाट राजिनामा दिने उल्लेख नभएकाले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले प्रधानान्याधीश पदबाट राजिनामा नदिने जिकिर गरे । निर्वाचन आयोग आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्न थालेको सापकोटाको टिप्पणि थियो । निर्वाचन कानुन बनाउने काम आयोगको होइन, उनले भने, ‘तर निर्वाचन आयोगको काम चुनाव गराउने हो तर उ कानुन बनाउने काममा अल्झिरहेको छ ।’ प्रवक्ता सापकोटाले मंसिर ५ गतेभित्रै निर्वाचन गराउने गरि सरकारले चाँडै मिति घोषणा गर्ने दावी गरे ।

प्रतिक्रिया