यार्सागुम्वा टिप्न गएका तीन जनाको मृत्यु

जाजरकोट, १८ जेठ । डोल्पाका सामुदायिक वनहरुले यार्सागुम्वा संकलनका लागि लिने गरेको प्रवेश शुल्कवापत झण्डै तीन करोड रुपैया“ उठाएका छन । जिल्लाका विभिन्न गाविस र जिल्ला बाहिरबाट डोल्पा पुगेका यार्सा संकलकहरुबाट बन उपभोक्ता समितिहरुले प्रवेश शुल्क भन्दै २ थरी शुल्क निर्धारण गरेका छन् ।

जिल्लाबासीका लागि प्रवेश शुल्क रु.पा“च सय र बाहिरी जिल्लाबाट गएकाहरुका लागि रु. एक हजार एक सय रुपैया“ तोकिएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामा¨ले बताए । हालसम्म डोल्पाका विभिन्न पाटनहरुमा ३५ हजार बराबरको संख्यामा यार्सा संकलकहरुले यार्सा संकलन गरिरहेको तामाङले बताए ।जाजरकोट, रुकुम, सल्यान, जुम्ला, हुम्ला मुगु र रोल्पा लगाएका जिल्लाका मानिसहरु यार्सागुम्वा संकलनका लागि डोल्पा पुग्ने गर्दछन । संकलकहरु हिमालतिर जाने क्रम रोकिएको छैन ।डोल्पाका साईकुवरी, रुपपाटन, सागर, कागमारा, टागटुगे, मालुवाचौर ,स्यालताग, प्यारीगुफा, पारीवन, लगाएतका २ दर्जन क्षेत्रमा यार्सागुम्वा पाईने गर्दछ । एउटा यार्सागुम्वा चार सयदेखि छ सय सम्मको दरमा कारोवार हुने गर्दछ ।

यसैबीच यार्सा संकलनको क्रममा लेक लागेर तीन जनाको मुत्यू भएको छ । मृतकहरुको नाम ठेगाना आधिकारीक रुपमा खुलाईएको छ्रैन । तर जिल्ला प्रशासन कार्यालय डोल्पा स्रोतका अनुसार मृतकहरुमा जाजरकोट ढिमेका ३१ बर्षीय वहादुर सिंह, वागलुङ गलकोटका कृष्ण घर्ती, डोल्पा सु गाविसका दिल वहादु धमला रहेका छन ।

 

प्रतिक्रिया